खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति (भिडिओ) – Nepal Press

खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अनुमति (भिडिओ)

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

काठमाडौं जिल्ला अदालतले म्याद थपसम्बन्धी आदेशमा उनीसहितलाई म्याद थपको अनुमति दिएको हो ।

यो प्रकरणमा हालसम्म सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका छन् । टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले शनिबारदेखि गणना हुने गरी चार दिनको समय दिएको हो ।

यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । ठगीबाट सुरू भएको अनुसन्धान पछि संगठित अपराध पनि थपिएपछि प्रहरीलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने बाटो खुलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *