काठमाडौं उपत्यकामा असिनासहित वर्षा
नेपाल प्रेस
२०८० वैशाख ३१ गते २०:२३
काठमाडौं । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यकामा वर्षा भएको छ ।
आइतबार साँझ देशका अन्य पहाडी भूभागमा पनि वर्षा भइरहेको र काठमाडौंमा पनि असिनासहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा पनि वर्षा भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर