एभर्टनलाई पराजित गरेको म्यानचेस्टर ४ अंक थप गर्दै शीर्षस्थानमा
काठमाडौं । इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ । शनिवार राती भएको खेलमा घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गर्दै उपाधिको सम्भावना बढाएको हो ।
गुडिसन पार्कमा आइतबार राति भएको सहज जीतको खेल पछि दोस्रो स्थानको आर्सनललाई ४ अंकले पछि पार्दै म्यानचेस्टरले उपाधिको सम्भावनालाई थप बलियो बनाएको हो ।
म्यानचेस्टरले पहिलो हाफमा नै दुई गोल गरेको थियो । पहिलो हाफको ३७औँ मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाएको केही बेरमा अर्थात् ३९ औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा नै २–० को अग्रता दिलाउन सफल भई दिए ।
यसैगरी, दोस्रो हाफको ५१औँ मिनेटमा गुन्डोगानले फ्रि किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३-० को जीतको स्थितिमा ल्याइ दिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेनन्, अन्ततः म्यानचेस्टर ३-० को अग्रतासहित उपाधि होडतर्फ थप अग्रसर हुन पुग्यो ।
यस जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ भने पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औँ स्थानमा सीमित रहेको छ ।
उता, समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलले ८१ अंकसहित म्यानचेस्टरलाई पच्छ्याइरहेको छ भने एभर्टनलाई पराजित गरेको म्यानचेस्टरले थप ४ अंक जोडेर उपाधि होडमा आफूलाई शीर्षस्थानमा राखेको छ ।