रायमाझीलाई मध्यरात लैनचौर वृत्त पुर्याइयो, बाबुछोरा अलग-अलग हिरासतमा
नेपाल प्रेस
२०८० जेठ १ गते ७:३८
काठमाडौं। नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आइतबार साँझ पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई लैनचौर वृत्तमा राखिएको छ।
काठमाडौं प्रहरी परिसरमा पूर्व गृहमन्त्री बालकृष्ण खाण र टोपबहादुरका छोरा सन्दीपलाई राखिएकाले प्रहरीसँग अन्य युनिटको हिरासतमा राख्नुपर्ने अवस्था थियो।
स्रोतका अनुसार मेडिकल गरेर मध्यरातमा टोपबहादुरलाई लैनचौर वृत्तमा पुर्याइएको थियो।
उनलाई म्याद थपका लागि आज अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर