एमाले सांसद ठाकुरको प्रश्न- शरणार्थी प्रकरणको छानबिनबारे सदनलाई किन जानकारी नगराएको ? (भिडिओ)
काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणमा सरकारले संसदलाई जानकारी नगराएकोमा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ठाकुरले उक्त प्रकरणबारे संसदलाई जानकारी गराउन सभामुख देवराज घिमिरेले रुलिङ गर्दासमेत चासो नदेखाएको बताए ।
उनले भने, ‘यो प्रकरणमा सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङ भएको थियो । आजको कार्यसूचीमा पनि सरकारले यो सदनलाई जानकारी गराउने कार्यसूची मैले देखिनँ ।’
यस्तो गम्भीर विषयमा अहिलेसम्म भइरहेको प्रगतिबारे सदनलाई जानकारी गराउन सरकारलाई कसले रोक्यो भनेर उनले प्रश्न गरेका छन् । भ्रष्टाचारको विषयमा देश आन्दोलित हुनुका साथै अन्तर्राष्ट्रिय चासो बढेकोसमेत सांसद ठाकुरेले बताए ।