अग्नि सापकोटाको आरोप- १४ सांसदको सूचनाको टाँस नगरेपछि ओलीले निरन्तर आक्रमणको प्रयास गरिरहे
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीलाई पुनर्गठन र समीक्षा गरेर जनताको विश्वास आर्जन गरेपछि कसैले हामीलाई परास्त नसक्ने बताएका छन् ।
अखिल स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हामीलाई दुई तिहाई मत जनताले दिएका थिए तर, हामीले जोगाउन सकेनौं । एकअर्कालाई दोष दिन त सकिएला तर, हाम्रो पनि कमजोरी छ। युग अनुसारको कार्यदिशा निर्माण गरेर अघि बढ्न हाम्रो कमजोरी भएको छ ।’
कम्युनिष्ट पार्टीलाई पुनर्गठन गर्दा युग अनुसारको कार्यदिशा निर्माण गरेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘मैले तीन बर्षसम्म नेपालको तीन अंगमध्ये एउटाको नेतृत्व गरे । मैले वासिन्टङ डिसिलाई जे बुझे, मैले दिल्ली र बेजिङलाई जे बुझे त्यसको आधारमा म भन्दैछु हामी एक भयौं भने कसैको तागतले् हामीलाई परास्त गर्न सक्दैन ।’
पूर्वसभामुख समेत रहेका सापकोटालाई एकै वर्षमा दुई-दुई पटक संसद विघटन मुर्खहरुले गरेपनि पुनर्स्थापनासँगै विजय प्राप्त गरेको बताए । सापकोटा सभामुख हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेपनि सर्वोच्च अदालतले पुनर्स्थापना गरेको थियो ।
उनले १४ सांसदमाथि कारवाहीको सूचना टाँस नगरेपछि ओलीले जहाँ भेट्यो त्यही हमलाको प्रयास गरेको आरोप लगाए ।
उनले भने, ‘ममाथि बुटवलमा आक्रमण गर्ने प्रयास गरे, धुलिखेलमा आक्रमणको प्रयास गरे, सिन्धुपाल्चोकमै प्रयास गरेपनि मेरो गृहजिल्ला भएकाले निष्कनै सकेनन् ।’
१७००० ज्यान मारा।