वैशाखमा १ अर्ब ६४ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता – Nepal Press

वैशाखमा १ अर्ब ६४ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । वैशाख महिनामा १ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार वैंशाखमा आएको लगानी प्रतिवद्धतासहित चालु आर्थिक वर्षको १० महिनासम्म २९ अर्ब ७४ करोड रुपैयाँ बैदेशिक लगानी प्रतिवद्धता पुगेको छ ।

तर वैदेशिक लगानी आउन सुरु गरेयता हालसम्म भने करिब साढे ४ खर्बको प्रतिवद्धता आएको छ । सरकारले १० महिनामा २ सय १९ परियोजनाका लागि वैदेशिक लगानी आएको हो ।

सबैभन्दा बढी सेवा क्षेत्रका लागि वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यो क्षेत्रमा १३.४६ प्रतिशत प्रतिवद्धता आएको हो । वैशाखमा आएको प्रतिवद्धता अनुसार लगानी भित्रिए १ हजार २७२ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *