लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध छ : उद्योगमन्त्री रिजाल (भिडिओ) – Nepal Press

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिवद्ध छ : उद्योगमन्त्री रिजाल (भिडिओ)

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लगानीमैत्री वातावरण बनाउनका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मंगलबार काठमाडौमा उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ को उद्घाटन गर्दै मन्त्री रिजालले लगानीमैत्री औद्योगिक वातावरण निर्माण, आत्मनिर्भर अर्थतन्त्रका लागि औधोगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक स्रोत सदुपयोगका लागि आवश्यक वातावरण बनाउनका लागि सरका प्रतिवद्धता रहेको बताएका हुन् ।

उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र नीजि क्षेत्रबीच समन्वय र सहकार्य थप प्रभावकारी रुपमा हुन आवश्यक रहेकोमा जोड दिए । आद्योगिक क्षेत्रको उचित बिकास विना दिगो आर्थिक बृद्धि तथा समृद्धि सम्भव नभएको उनको भनाइ छ ।

मन्त्री रिजालले स्वदेशी बस्तुको उत्पादन, प्रवद्र्धन एवं निर्यात बढाउन गरिनुपर्ने नीतिगत तथा व्यवहारिक पक्षमा आउने सुझावहरुलाई सरकारले गम्भीरतापूर्वक लिने धारणा राखे ।

सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले असहज अर्थतन्त्रलाई मध्यनजर गर्दै सरकारले उचित बजेट ल्याउनुपर्ने बताए ।

उनले लगानी गर्ने वातावरण ठप्प हुनु अर्थतन्त्रका लागि चुनौति भएको जिकिर गरे । वाग्लेले चालू आर्थिक बर्षको बजेटमा समावेश भइ कार्यान्वयन हुन नसकेका बिषयलाई अहिलेको बजेटमा बिशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले भारतमा उद्योगीहरुलाई निकै सहज रुप रहेको भन्दै नेपालमा पनि औधोगिक वातावरण बनाउनुपर्ने बताए ।

घोषणा गरेर पनि बिकास हुन नसकेका औधोगिक क्षेत्रलाई नीजि क्षेत्रसंग सहकार्य गरेर बिकास गर्न सकिने उहाले बताए । उनले सरकारले स्वदेशी बस्तु प्रयोग गर्ने नीति अपनाउनु पर्नेमा समेत जोड दिए ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका स्वदेशी समिट २०२३ आयोजना गरिएको परिसंघले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर