सरकारको नीति तथा कार्यक्रम कस्तो ल्याउने ? प्रधानमन्त्रीले मागे गठबन्धन दलका नेताहरुसँग सुझाव – Nepal Press

सरकारको नीति तथा कार्यक्रम कस्तो ल्याउने ? प्रधानमन्त्रीले मागे गठबन्धन दलका नेताहरुसँग सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशरण महतले सरकारको नीति तथा कार्यक्रम कस्तो ल्याउने भन्नेबारे सुझाव मागेका छन् ।

जेठ ५ गते ल्याउने सरकारको नीति तथा कार्यक्रममाबारे प्रधानमन्त्रीले सत्ता गठबन्धन दलसँग सुझाव मागेका हुन् ।
गठबन्धन दश दलका शीर्ष नेताहरुलाई सिंहदबारमा बोलाएर नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा राय लिएको माओवादी केन्द्रका नेता हितराज पाण्डेले बताए ।

उनले भने, ‘सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ। गठबन्धन दलका सबैबाट प्रधभानमन्त्री र अर्थमन्त्री केके बिषयवस्तुमा अघि बढ्ने भनेर सुझाव माग्नुभयो । हामी सबैले कसरी अगाडि बढ्नपर्छ भनेर सुझाव दियौं। हामीले संसदमा पनि सिद्धान्त र प्राथमिकताबारे सुझाव दिएका थियौं । पार्टीका नेताहरुको तर्फबाट केही विषयवस्तु भएर समावेश गर्ने भनेका कतिपयले मौखिक रुपमा राख्नुभयो। कतिपयलाई लेखेर दिने भन्नुभएको छ ।’

रोजगारी सिर्जना, युवा पलायन लगायको विषयलाई प्राथमिकता दिएको बताए । यहाँको प्रणाली सुधारको विषयमा पनि दलका नेताहरुले सुझाव दिएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर