‘कांग्रेस रुपान्तरण अभियान’ ले सातवटै प्रदेश र प्रवासमा सभा गर्ने
कांग्रेसभित्र गैरकांग्रेसी चरित्रले बास गरेको निष्कर्ष
काठमाडौं । युवा नेताहरूले सुरू गरेको कांग्रेस रुपान्तरण अभियानअन्तर्गत देशैभर भेला तथा अन्तरक्रिया गरिने भएको छ ।
नेताहरू गुरु घिमिरे, डा. गोविन्दराज पोखरेल, मधु आचार्य, रञ्जित कर्ण, भुपेन्द्रजंग शाहीसहितको टीमले सुरू गरेको अभियानअन्तर्गत सातवटै प्रदेश र प्रवासको कार्यक्रम तय गरिएको हो ।
आज विशेष पत्रकार सम्मेलन गर्दै अभियानका नेताहरूले पछिल्ला तीन दशकमा कैयन् पटक सरकारको नेतृत्व गर्न पुगेको कांग्रेस अलमलिएको बताए ।
अभियानको औचित्यबारे विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसका कमी कमजोरीहरूबाट फाइदा उठाएर देशको राजनीतिमा उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिहरूको उदय भयो । तसर्थ अब कांग्रेसले आफ्नो इतिहासलाई साक्षी राखेर नयाँ कांग्रेस निर्माण गर्नुपर्छ, कांग्रेस रुपान्तरणको अभियानलाई अगाडि बढाउनुपर्ने टड्कारो अवश्यकता यही हो ।’
बीपी कोइरालाको ‘पार्टी सत्तामा गएपछि पार्टीलाई सुकिला मुकिलाहरूले कब्जा गर्नेछन् र त्यसको विरुद्ध सच्चा कांग्रेसीहरूले एकपटक फेरि लड्नु पर्नेछ’ भनाइ आजको तीतो यथार्थ भएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेस जमेको पोखरीजस्तै भएकाले चाल, चरित्र र चेहरालाई परिवर्तन गर्न जरुरी भएको नेताहरूले बताएका छन् ।
‘कांग्रेसभित्र गैरकांग्रेसी चरित्रले बास गरेको छ । आज कांग्रेसभित्र नैतिक शक्तिको क्षय भएको छ । हामी राजनीतिमा नैतिक शक्तिलाई जोड्छौं संक्षिप्तमा भन्नुपर्दा अहिलेको अवस्थामा कोरोनाको डेल्टा भाइरस झैं संक्रमित भएको कांग्रेसलाई रुपान्तरण गर्छौं’, विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ रुपान्तरित नेपाली कांग्रेस अभियानको विज्ञप्ति
जहिले सम्म लोभी पापी को पहुँच रहन्छ कांग्रेस सुध्रिन्न यसको नेतृत्व समाजवादी धारले गरे नत्र गफको लागि गफ होला मैले चेत खुलेदेखि कांग्रेस भन्दा फरकफरक दलमा रहेर संयुक्त प्रजातान्त्रिक आन्दोलन थुप्रै चारतारे झण्डा बनाउदै एकहातमा हसिया हतौडा र अर्को हातमा चारतारे झण्डा तत्कालीन समयमा उठाएका थियौ र थिए तर गिरिजाप्रसाद ले माले मसाले मण्डले भन्दै गाली गर्नु र यो जीत पंच राजा लगायत जीत भनेदिन नै कांग्रेसले समाजवादी धार छोडेको र सत्ता प्राप्तिको लागि गणेशमान कृष्णप्रसाद भट्टराई लाई पाखा लगाउदै सुर्य बहादुर जस्तो विदेशी दलाललाई च्यापेर हिडेको परिणाम हो आजको कांग्रेस एकपटक कांग्रेसका नेता कार्याकर्ताले सोचुन र अन्य दलले पनि आज एउटा पार्टीलाई तहसनहस पार्न माओवादी जस्तो र माधवकुमार झलनाथ आफ्नो पार्टी लाई तहसनहस पार्नेलाईल साथ दिनु अब कांग्रेस र एमाले नसच्चिए लोकतन्त्र र गणतन्त्र सकिन केही बेर नलाग्न सक्छ हामी जस्ता २०३६/०३७ देखि आन्दोलनलाई माया गर्ने ले पनि सधै पक्षपोषण गर्न सक्दैनन् सचेत रहौ मात्र सुझाव ।