इटहरीमा ५ तारे सोल्टी वेस्टेन्ड सञ्चालनमा (तस्बिरहरू)
विराटनगर । सुनसरीको इटहरीमा ५ तारे होटेल सोल्टी वेस्टेन्डले सेवा सुरु गरेको छ ।
२०७२ सालबाट निर्माण सुरु भएको होटेल गरिमाको स्वामित्व र सोल्टी होटेलको व्यवस्थापन र सञ्चालनमा ५ तारे होटेलको जेठ ३ गतेबाट सेवा सुरु हुन लागेको हो ।
होटेलको उद्घाटन जेठ ३ गते हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
सोल्टीको व्यवस्थापन र सञ्चालनमा यस अघि काठमाडौँ र नेपालगन्जमा ५ तारे होटेल सञ्चालनमा रहेको छ ।
सोल्टीको व्यवस्थापनमा सुरु हुने सोल्टी वेस्टेन तेस्रो ५ तारे होटेल हो ।
सोल्टीको व्यवस्थापनमा यस अघि सोल्टी वेस्टेन्ड रिसोर्टस चितवनमा सञ्चालन छ ।
२ अर्बको लगानीमा २०७२ सालबाट निर्माण सुरु भएको गरिमा होटेल व्यवस्थापनको जिम्मा एक वर्ष अगाडि सोल्टीले लिने सम्झौता भएको गरिमा होटेल प्राइभेट लिमिटेडका अध्यक्ष भीम बहादुर पौडेलले बताए ।
सोल्टी होटेल वेस्टेन्डको सेवा सुरुवातले कोशी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको सेवा पाउने सोल्टी होटलका भाइस प्रेसिडेन्ट सुदर्शन चापागाईँले बताए । चापागाईँ होटल ८० वटा कोठा रहेका छन् । होटलमा नवीनतम अवधारणाका रेस्टुरेन्टहरू सुविधा सम्पन्न छुट्टै भोजन कक्ष रहने बताए ।
यस्तै, होटलमा फिटनेस,सवाना बाथ, स्पा, लगायतको सुविधा समेत रहने छ । होटलमा सेमिनार हल, बैठक कक्ष, प्रीति भोज गर्ने स्थान, बहुउद्देश्यीय सभा कक्षाको व्यवस्था रहेको होटलले जानकारी दिएको छ ।
होटलमा १ सय जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।