सर्वोच्चको फैसलाविरुद्ध एलिजा गौतमसहित नागरिक उन्मुक्तिका कार्यकर्ता सडकमा – Nepal Press

सर्वोच्चको फैसलाविरुद्ध एलिजा गौतमसहित नागरिक उन्मुक्तिका कार्यकर्ता सडकमा

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट बनेका छन् । सो पार्टीका केही नेता-कार्यकर्ता विरोध जनाउन माइतीघर पुगेका छन् ।

नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य ऋषि धमलाकी पत्नी एलिजा गौतमसहितका कार्यकर्ता माइतीघर मण्डलामा नाराबाजी गर्न पुगेका हुन् ।

उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको भन्दै चौधरीलाई रिहाइ गर्न माग गरेका छन् । उक्त प्रदर्शनमा मन्त्रीसमेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष तथा रेशमकी पत्नी रञ्जिता श्रेष्ठ भने सहभागी भइनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर