सरकारी गाडीमा झण्डा हल्लाउँदै कैदी श्रीमान् भेट्न पुगिन् मन्त्री रञ्जिता (भिडिओ)
काठमाडौं । भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता चौधरी सरकारी गाडीमा झण्डा हल्लाएर कैदी भेट्न कारागार पुगेकी छन् । आज जारी सत्तारुढ गठबन्धनको वैठक बीचमै छोडेर उनी डिल्लीबजार सदरखोर हान्निएकी थिइन् ।
मन्त्री श्रेष्ठका श्रीमान् रेशम चौधरी सो कारागारमा जन्मकैदको सजाय खेपिरहेका छन् । हिजो उनको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले गरेको फैसला सदर गरेको थियो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रीमान् भेट्न सुरक्षाकर्मीसमेत लिएर कारागार पुगेकी थिइन् ।
हिजोको फैसलाका विषयमा छलफल गर्न नाउपाका संरक्षक रेशमले श्रीमतीसहित पार्टीका नेताहरूलाई कारागारमै डाकेका थिए ।
यो सरकारी स्रोत साधनको दुरुपयोग हुदैन र ?? हुन त सानो कुरा हो।
श्रीमान भेट्न जाँदा पनि दुरुपयोग हुन्छ भने कस्लाई भेट्न जाने जनता त अन्त्यमा जाने हो😭😭😭😭😭