गृहका सहसचिव र उपसचिव गरी २२ जनाको सरुवा, केही सीडीओ हेरफेर (सूचीसहित)
काठमाडौं । गृह मन्त्रालयले नौ सहसचिव र १३ उपसचिव हेरफेर गरेको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव र उपसचिव सरुवा तथा पदस्थापन गर्दै हेरफेर गरेका हुन् ।
जसअनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रहेका सहसचिव रुद्रप्रसाद पण्डितलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई मन्त्रालय मातहत सरुवा गरिएको छ ।
विभागको महानिर्देशकमा मन्त्रालयको जगेडामा रहेका सहसचिव झक्कप्रसाद आचार्यलाई ल्याइएको छ ।
यस्तै मन्त्रालयमै जगेडामा रहेका बद्रीनाथ गैरेलाई धादिङको प्रमुख जिल्ला अधिकारी, बासुदेव घिमिरेलाई कास्कीको प्रमुख जिल्ला अधिकारी, शिवराम न्यौपानेलाई अछामको प्रमुख जिल्ला अधिकारी, कमलराज ढकाललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी र टेकबहादुर केसीलाई गुल्मीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
मन्त्रालयमै जगेडामा रहेका तुलसीबहादुर श्रेष्ठलाई गृहमा पदस्थापन गरिएको छ ।
यस्तै मन्त्रालयका १३ जना उपसचिवसरहका निर्देशक तथा सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा तथा पदस्थापन भएको छ ।