सञ्चार मन्त्रालय र विज्ञापन संघबीच ७ बुँदे सहमति
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय र नेपाल विज्ञापन संघबीच ७ बुँदे सहमति भएको छ ।
सहमतिसँगै संघले जारी राखेका आन्दोलनका कार्यक्रम पनि स्थगित भएका छन् ।
दुईपक्षबीच डिजिटल सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्न आवश्यक कानूनी व्यवस्था गर्न मन्त्रालयलाई सिफारिस गर्ने सहमति भएको हो ।
यस्तै, बाह्य विज्ञापनका क्षेत्रमा देखिएका ठेक्का कर लगायतका समस्या समाधानका लागि नियमन नियमावली तथा मापदण्डको व्यवस्था गर्ने र स्थानीय तहसँग समन्वय गर्ने, व्यवसायको अनुगमनका लागि व्यवसायिक संघ संस्थाको संलग्नताका लागि आवश्यक पहल गर्ने सहमति पनि भएको छ ।
त्यसैगरी एजेन्सीले सञ्चार माध्यमले निर्धारण गरेको दररेटमा कारोबार गरी सेवा शुल्क प्राप्त गर्नुपर्ने निर्धारित दररेटमा कारोबार गरे नगरेको सम्बन्धनमा बोर्डले अनुगमन तथा नियमन गर्ने सहमति पनि भएको छ ।
यस्तै विज्ञापन प्रयोजनका लागि बोर्डले सञ्चारमाध्यमको स्तरीकरण गर्ने सहमति पनि भएको छ ।