कांग्रेस कोशी संसदीय दलको बैठक बस्दै, सरकार परिवर्तनबारे पनि छलफल हुने – Nepal Press

कांग्रेस कोशी संसदीय दलको बैठक बस्दै, सरकार परिवर्तनबारे पनि छलफल हुने

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक आज बस्दै छ । प्रदेशको नामकरणपछि सुरु भएको आन्दोलनका विषयमा साझा धारणा तय गर्न बैठक बस्न लागेको हो ।

कोशी प्रदेश नामकरणमा नेपाली कांग्रेसले पनि कोशीको पक्षमा मतदान गरेको थियो । कोशी नामकरण पछि पहिचानका आधारमा प्रदेशको नामकरण गर्नु पर्ने भन्दै आन्दोलन भइरहेको छ । प्रदेशको नामकरण पछि कोशी प्रदेश सभा स्थगित भएको थियो ।

नामकरणपछि स्थगित भएको प्रदेशसभाको बैठक बोलाउने बारेमा पनि नेपाली कांग्रेस भित्र दलको धारणा स्पष्ट पार्नको लागि बैठक बोलाउन लागिएको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए ।

बैठकमा प्रदेश सरकारले ल्याउने लागेको बजेट नीति तथा कार्यक्रमको बारेमा समेत छलफल छलफल हुने जनाइएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बैठक एजेन्डा केन्द्रित भन्दा पनि समसामयिक विषयमा छलफल गर्न बोलाइएको बताए ।

यसअघि नेपाली कांग्रेस संसदीय दलको बैठक काठमाडौंमा बोलाइएको थियो । बैठकले अहिले भइरहेको सरकार ढालेर नेपाली काँग्रेस नेतृत्वको सरकार बनाउने बारेमा अन्तिम प्रयास गर्ने निर्णय भएको बताइएको थियो ।

बिहीबार बस्ने भनिएको बैठकमा पनि सरकारको बारेमा छलफल हुने बुझिएको छ । नेपाली कांग्रेस बजेट नीति तथा कार्यक्रम ल्याउन भन्दा पहिला नै कोशी प्रदेशको सरकार ढाल्ने कसरतमा देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर