राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल, ९ गते प्रधानमन्त्रीको जवाफ
नेपाल प्रेस
२०८० जेठ ४ गते १२:२१
काठमाडौं । राष्ट्रियसभा कार्य व्यवस्था समितिको बैठक सकिएको छ। बैठकमा सरकारले शुक्रवार संसदमा पेश गर्ने नीति तथा कार्यक्रमबारे छलफल भएको छ।
नीति तथा कार्यक्रममाथि जेठ ७, ८ र ९ गते छलफल गर्ने सहमति भएको छ।
तीन दिन छलफलपछि ९ गते नै उठेका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको जनाइएको छ।
प्रतिक्रिया