देश संकटमा हुँदा प्रचण्ड-देउवासँग नजिकिएका व्यापारीको ४० अर्ब सम्पत्ति बढ्यो : शंकर पोखरेल – Nepal Press

देश संकटमा हुँदा प्रचण्ड-देउवासँग नजिकिएका व्यापारीको ४० अर्ब सम्पत्ति बढ्यो : शंकर पोखरेल

‘एमालेलाई पुरानै पार्टी भनेर जनता भड्काउनेले समाधान दिन सक्दैन’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन् ।

पार्टी कार्यलय च्यासलमा अनेरास्ववियुद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमाले सरकारमा आएको बेलामा जहिले पनि राजस्व वृद्धि हुन्छ । तर, अहिले राजस्व नउठेर हालत चौपट भएको छ । त्यसको जिम्मेवारी अहिलेको गठबन्धनले लिनु पर्दैन ? गल्ती गर्ने पाँच दलीय गठबन्धन (अहिले दश दलीय) ।’

प्रचण्ड र देउवाको मिलेमतोमा मुलुकलाई आर्थिक संकटमा पुर्याएको उनको भनाइ छ ।

उनले भने, ‘भारी पुराना पार्टी सबै असफल भए भन्दिने ? असफल हुनका लागि एमालेका पालामा एमालेले नगरेको हुनु परेन ?’

उनले अहिले समाजमा अहिले राजनीतिक अराजता मौलाएको बताए । एमाले सरकारबाट नहटेको भए राज्यमा कुनै संकट नहुने उनको भनाइ छ ।

उनले भने, ‘यो मुलुकको अर्थतन्त्र जतिबेला संकटमा पर्यो। यही बर्ष एकजना उद्योगपतिको सम्पत्ति ४० अर्ब वृद्धि भयो। राज्य थला पर्ने सत्तासँग नजिक भएको व्यापारीको ४० अर्ब बढ्ने भनेपछि कमजोरी कहाँ छ भन्ने स्पष्ट छैन र ?

नयाँ भनिने पार्टीहरुले पुराना पार्टीहरुले गर्दा यस्तो भएको हो भन्यो । नीति पनि दिनुपरेको छैन। समाधान पनि दिनुपरेको छैन । जनतालाई भड्काइदिए पुग्यो। समाधान दिन नसक्नेले पपुलारिजमको भरमा समाजको संकट समाधान गर्न सक्दैन ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर