‘रामशरण महतको उदारवादले हाम्रो कमिज कट्टु सबै उधारिदियो’
काठमाडौं । देशको वर्तमान आर्थिक अवस्था मन्दी हो वा केही समयको सक्ड हो भन्ने बहस चलिरहेको छ । देशको आन्तरिक स्थिति कमजोर छ भने बाह्य क्षेत्रमा केही सुधार छ । अहिले संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गरिरहेको छ । मन्दीउन्मुख अर्थतन्त्रमा बनिरहेको बजेट कस्तो हुनुपर्छ, मन्दीको समस्या समाधान कसरी गर्न सकिन्छ, मन्दीका कारणहरुलगायतका विषयमा केन्द्रित रहेर पूर्वगभर्नर एवम् अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीसँग नेपालप्रेसले गरेको कुराकानीको सम्पादित अंशः
– तपाईंको नजरमा देशको वर्तमान आर्थिक अवस्था कस्तो हो ?
पछिल्लो पटक सरकारको तथ्यांकमा तेस्रो त्रैमाससम्मको अवस्थाले २.१६ प्रतिशतमात्र आर्थिक वृद्धिदर हुने देखाएको छ । तर, बजेट र मौद्रिक नीतिले ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने भनेको छ । यसले पनि हाम्रो अर्थतन्त्र बिरामी भइरहेको लक्षण देखिन्छ । राजस्वको कुरा गर्दा यो वर्ष १४ खर्ब उठाउने भनिएकोमा ५३ प्रतिशतभन्दा बढी उठाउन सकेको छैन । स्रोत र साधनको जगेर्ना गर्ने कुरामा कमी भयो । यो नै राम्रोसँग प्रयोग गर्नसक्ने परिस्थिति नभएपछि त्यसबाट आउने प्रतिफल पाउन सक्ने अवस्था भएन । यसले पनि मन्दीतर्फ उन्मुख भएकै हो कि भन्ने देखाएको छ । बजारतिर हेर्नुभयो भने जसले पनि कामै छैन भनिरहेका छन् । सटरहरु पनि बन्द गरेर हिँडेको देखिएको छ । यो सबै कुराले पनि मन्दीउन्मुखको संकेत गर्छ ।
तर, बाहिरी क्षेत्र वैदेशिक व्यापार, रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिती, सोधान्तर स्थिति भने केही सुधार हुँदै गएको देखिन्छ । आयातलाई थेग्न सक्ने क्षमता छ । पहिला सात महिनालाई मात्र आयात पुग्ने पैसा भयो भनेर आलसतालस भएका थियौं । अब त्यस्तो छैन । ९ महिनाभन्दा बढीलाई पुग्ने पैसा छ । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकमा भने कमजोर अवस्थामा छौं ।
– अर्थतन्त्रमा मन्दी सृजना हुनुको कारण के होला ?
यसको मूल कारण हामीले हाम्रो अर्थतन्त्र कुन दिशामा लैजाने भनेर आँकलन नै राम्रोसँग गर्न सकेनौं । फेरि कुरा आउला प्रत्येक वर्ष बजेट आउँछ भनेर । यसले त परियोजना बनाउने, रोजगारी सृजना गर्ने हल्लामात्र गर्छ । तर, त्यही बजेटको कुरा गर्दा पूँजीगत खर्च २ महिना बाँकी हुँदा जम्मा ३४ प्रतिशतमात्र भएको छ । पूँजीगत खर्चको लगानीले पछिसम्म मुलुकलाई फाइदा हुने गरी प्रतिफल दिने हो । तर, यसैमा खर्च गर्न नसकेपछि हामीले पछि पाउने प्रतिफल के होला ?
बजारतिर हेर्नुभयो भने जसले पनि कामै छैन भनिरहेका छन् । सटरहरु पनि बन्द गरेर हिँडेको देखिएको छ । यो सबै कुराले पनि मन्दीउन्मुखको संकेत गर्छ ।
प्रत्यक्ष रुपले जनतासँग जोडिएको कुरा गर्दा कृषि हो । अहिले पनि ६९ प्रतिशत जनताले कृषिमै भर पर्छौं भनेका छन् । तर, ९ महिनामा २८ अर्ब बराबरको चामलमात्र आयात गरेका छौं । १३ अर्बको तरकारी आयात गरेका छौं । बारिहबाट सामान नपाए नेपालीले खानै नपाउने अवस्था सृजना भएको छ । यसले कसरी अर्थतन्त्र सञ्चालन गर्यौं भन्ने प्रश्न उठेको छ ।
– मन्दीको समस्या समाधान कसरी गर्ने त ?
यसको समाधान भनेको कुन कुन क्षेत्रमा हाम्रो कमजोरी हो, त्यो पहिल्याउनुपर्छ । विगतमा १४ अर्ब जति कृषि मलको लागि खर्च गर्यौं । तर, किसानले मलै पाएनन् । यस्तो कमीकमजोरीहरु के कारणले भएको छ, त्यो हेर्नुपर्छ । अहिले त मलका लागि ३० अर्ब छुट्याइएको छ । यी कमीकजोरीलाई सच्याएर उचित समयमा किसानलाई मल पुर्याउने, पानी तथा सिंचाइको सुविधा दिने र उत्पादन भइसकेपछि बजारीकरणका लागि उपयुक्त रणनीति लिनुपर्छ । अरु क्षेत्रमा उपयुक्त नीति चाहिन्छ ।
नेपालमा उत्पादन भएका वस्तुहरु खपत गर्ने नीतिलाई कडाइका साथ पालना गर्नुपर्ने बनाउनुपर्छ । यसले गर्दा हाम्रो पैसा यही रहन्छ । थप रोजगराी सृजना हुन्छ । त्यसले कर पनि आउँछ । यति धेरै फाइदा हुने कुरा किन नजरअन्दाज गरेका छौं ? तर, दुःख गर्नुभन्दा एउटा एजेन्टलाई समातेर केही कुरा मिलाउन पाइयो भने कमिसन बढी पाइन्छ भन्ने एकदुई जनाका कारणले राष्ट्रले घुँडा टेक्नुपर्ने परिस्थिति आएको छ । यसमा सुधार हुनुपर्छ ।
९ महिनामा २८ अर्ब बराबरको चामलमात्र आयात गरेका छौं । १३ अर्बको तरकारी आयात गरेका छौं । बारिहबाट सामान नपाए नेपालीले खानै नपाउने अवस्था सृजना भएको छ । यसले कसरी अर्थतन्त्र सञ्चालन गर्यौं भन्ने प्रश्न उठेको छ ।
– चालू वर्ष पनि आन्तरिक स्रोतमा सकस परिरहेको छ । ५५ वर्षयताकै कमजोर राजस्व संकलनको अवस्थामा छौं, यसको कारण के होला ?
यसको खास कारण कोभिड लागेको बेला हाम्रा आर्थिक क्रियाकलापहरु ठप्प भए । त्यति बेलादेखि फेरि सञ्चालन गर्न इनरजाइज गरेको परिस्थिति थिएन । कोभिडबाट परेको प्रभावलाई बजेटले न्यून गर्न सक्तैन, मौद्रिक नीतिले गर्न सक्छ भन्ने भयो । सरकारले लोकप्रिय बन्न जथाभावी खर्च गर्ने, सरकारले सापटी लिन नोट छापेर पनि दिने अवस्थामा हौसिएर खर्च गर्यो भने त्यो पैसाको मूल्य हुँदैन, मूल्यवृद्धि हुन्छ । त्यो महँगीले गर्दा पैसाको भ्यालु खस्किएर जाने अवस्था आउँदा मौद्रिक नीति कसिकसाउ रुपले जानुपर्ने हुन्छ । ब्याजदर नबढाउने हो भने सबै जनताको खल्तीमा भएको पैसा जथाभावी खर्च हुन्छ । ब्याजदर बढाइदिएपछि पैसा बैंकमा आउने र लगानी गर्न पनि सहज हुने बुझाइ राष्ट्र बैंकको हो । यता उद्यमी व्यवसायीले महँगो भयो भन्दै चाबी बुझाउँछु भन्छन् । यसले गर्दा मारखाने अवस्था आउँछ ।
– अहिलेको समस्या बजेट र मौद्रिक नीतिको समन्वयका कारण देखिएको भन्न खोज्नुभएको हो ?
सरकारले ङ्यार ङ्यार गरेकाले मौद्रिक नीतिले ब्याज बढाइदियो र उद्योगधन्दाले काम पनि गर्न सकेन भनिरहेको छ । नभन्दै अहिले राष्ट्र बैंकले एक प्रतिशत बैंकदर घटाइदिएको छ । बैंकहरुको पनि आधारदर घट्छ र त्यहीअनुसार कर्जाको ब्याजदर पनि घटेर आउँछ भन्ने त देखियो नि !
– अर्थमन्त्रीले अहिलेको समस्या बजेटले समाधान गर्दैन, मौद्रिक नीतिले समाधान गर्छ भन्नुभएको छ नि ?
मौद्रिक नीतिले समस्या समाधान गर्छ भन्नासाथ पल्टाखाइहाल्यौं । अघिल्लो मौद्रिक नीतिले ५ खर्बभन्दा बढ्ता पुनर्कर्जा भनेर दियो । तर, अधिकांश आयातमा गयो । यसले व्यापार घाटा बढायो । सञ्चितीमा चाप पर्यो । यो अर्थमन्त्रीले मौद्रिक नीतिको मर्म नबुझेर भनेको हो । यद्यपि वित्त नीति र मौद्रिक नीतको समन्वय भने चाहिन्छ ।
कुन कुन क्षेत्रमा हाम्रो कमजोरी हो, त्यो पहिल्याउनुपर्छ । विगतमा १४ अर्ब जति कृषि मलको लागि खर्च गर्यौं । तर, किसानले मलै पाएनन् । यस्तो कमीकमजोरीहरु के कारणले भएको छ, त्यो हेर्नुपर्छ । अहिले त मलका लागि ३० अर्ब छुट्याइएको छ ।
– अहिलेको समस्या वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले समाधान गर्ने सक्ने क्षमता राख्छन् ?
क्षमता नराख्ने भए अर्थमन्त्री किन बनेको ? विगतको इतिहास हेर्दा अर्थशास्त्रको क्षेत्रमा राम्रोसँग खेलेको मान्छेले पनि अर्थ मन्त्रालय सम्हाल्न नसकेका अवस्था पनि छ । यो अगाडि जनार्दन, विष्णु पौडेल, ज्ञानेन्द्र कार्की, वर्षमान पुन, कृष्णबहदुर महरा पनि अर्थमन्त्री भए । उनीहरुबाट धेरै अपेक्षा गर्न सक्ने अवस्था थिएन । तर, विषयविज्ञहरु पनि चुके ।
– तपाईंको नजरमा विषयविज्ञ अर्थमन्त्रीहरु डा. रामशरण महत, डा. युवराज खतिवडा र डा. प्रकाशशरण महतमा को अब्बल ?
युवराजजीले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन प्यानको व्यवस्था गरे । तर, वातावरणको प्रदूषण चरममा पुगेको वेला विद्युतीय सवारीमा कर बढाइदिनु भयो । सीमित घरानाको स्वार्थमा चकलेटको कर घटाइदिनु भयो । उहाँका राम्रा नराम्रा दुबै छन् ।
रामशरणजीको कुरा गर्दा सबैभन्दा धेरै समय अर्थमन्त्री बन्नुभएको हो । उहाँले उदारवाद भनेर ल्याए । तर, त्यो उदारवादले हाम्रो कमिज कट्टु सबै उघारिदियो । उद्योगधन्दा सबै निजीकरण गरे । सांसदलाई पैसा बाँड्ने काम गरे । पछि हट्यो । तर, यस पटक पनि यो कार्यक्रम आउँछ जस्तो लाग्छ । रकमान्तर आर्थिक वर्षको अन्तमा गएर गर्ने काम सबै विषयविज्ञ अर्थमन्त्रीले नै गरे । अरु अर्थमन्त्रीले त हामीलाई केही थाहा छैन भन्दै पन्छिन पाउने भए । विषय हेरेर ठीक बेठीक भन्नुपर्ने हुन्छ ।
– अबको बजेट कस्तो र कत्रो हुनुपर्छ ?
सकभर कार्यान्वयनमा ल्याउन नसक्ने बजेट उत्ताउलिएर नल्याउनुस् भन्ने हो । चालू खर्च बढी र पूँजीगत खर्च एकतिहाइ पनि नहुने अवस्था छ । विकृति ल्याउने कुरा रोक्नुपर्छ । सकिन्छ भने आन्तरिक स्रोतले नै भ्याउने बजेट भए जाति हुन्छ ।
कोभिडबाट परेको प्रभावलाई बजेटले न्यून गर्न सक्तैन, मौद्रिक नीतिले गर्न सक्छ भन्ने भयो । सरकारले लोकप्रिय बन्न जथाभावी खर्च गर्ने, सरकारले सापटी लिन नोट छापेर पनि दिने अवस्थामा हौसिएर खर्च गर्यो भने त्यो पैसाको मूल्य हुँदैन, मूल्यवृद्धि हुन्छ ।
– अहिले आम्दानी खर्चबीचको खाडल साढे २ खर्ब छ । यसको असन्तुलन कसरी हटाउन सकिन्छ ?
आम्दानी हुन सकेन भन्ने हो । राजस्व उठ्न नसक्ने कारणलाई उद्योग व्यवसाय बन्द भए । कर तिर्ने दायित्व भए पनि तिर्न सक्ने परिस्थिति बनेन । आर्थिक गतिविधिमा घनीभूत ढंगबाट जोड दिन सक्यो र रोजगारी पाएकाले पनि केही ट्याक्स तिर्न सक्यो भने गर्न हुन्छ । आयातबाट राजस्व बढ्छ भनेर सरकार एकोहोरियो । तर, आर्थिक क्रियाकलाप बढाएर पनि राजस्व बढाउन सकिन्छ भन्ने विषयलाई ध्यान दिन सकेन । अब स्वदेशी उत्पादनको खपतमा जोड दिने र उद्यमी व्यवसायीलाई दिनुपर्ने सुविधाका विषयमा विश्लेषण हुनुपर्छ ।
– अहिले शेयर बजार डामाडोल अवस्थामा पुगेको छ । लगानीकर्ता हतोत्साही छन् । यस्तो बेला शेयर बजारप्रति सरकारले कस्तो नीति लिनुपर्छ ?
शेयर बजार भनेको अरु ठाउँबाट आम्दानी गरेर रहेको बचत छ भने त्यो आम्दानी शेयरमा लगानी गर्ने हो । तर, शेयरलाई अहिले व्यापारिक थलो बनाइयो । त्यो पनि बैंकले सस्तोमा कर्जा दिए लगानी गर्ने । बैंकहरुलाई पनि शेयर भ्यालु जति छ, त्यसमै रहेर दिने भएकाले सजिलो छ । नाफामा गयो भने उद्यमी व्यवसायीले पनि नाफा पाउँछन् । बैंकहरुले पैसा दिएको आधारमा मात्र शेयर बजार घट्ने बढ्ने अवस्थामा बजारलाई प्रतिविम्बित गरेको कारोबार भएन । कर त तिरेका छौं भन्नुहुन्छ । तर, त्यसबाट कति उत्पादन भयो, कतिले रोजगारी पायो भन्ने हुन्छ । उनीहरुले तिर्ने भनेको करमात्र हो ।
– अहिलेको बैंक तथा वित्तीय संस्थाको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
एकदम पारदर्शी र राम्रोसँग नियमन भएको क्षेत्र हो । पछिल्लो समय ऋण तिर्न आउनुहोला भनेर सूचना आइरहेको छ । पछिल्लो समयमा भाखा नाघेको कर्जा बढेको छ । यसले बैंकको खर्च पनि बढेको छ । यति हुँदाहुँदै बैंकहरु नाफामा गएको प्रतिवेदन प्रकाशित गर्छन् । यसले गर्दा बैंकमा पनि सुदखोर र मिटरब्याजी रहेछन् भन्ने कन्फ्युजन छ ।
– अन्तमा, अहिले तपाईं अर्थमन्त्री हुनुभएको भए कस्तो बजेट ल्याउनुहुन्थ्यो ?
म अर्थमन्त्री भएको भए एक हप्ता पनि नटिक्ने अलोकप्रिय जुन देशको अर्थतन्त्रको हितमा मात्र हुने खालको बजेट ल्याउँथें । मेरो बजेट देखेर मलाई कसैले सम्झिँदैन थिए होला । अर्थतन्त्रको निम्ति आवश्यक पर्ने कुरामात्र लिँदा धेरैको चुल्है नबल्ने अवस्था आउँदो रहेछ । म कसैको स्वार्थमा पर्दैनथें । व्यक्तिभन्दा देश हेर्थें ।
तिम्रो नेता प्रचण्ड त्यहि रामशरणको उदारवाद लागू गरिरहेछ । के हिरो पल्टेको नि रामशरणका कुरा गरेर ?