एमाले भोजपुरले भन्यो- पहिचानका नाममा हाम्रा नेता-कार्यकर्तामाथि आक्रमण नरोके प्रतिवाद गर्छौं
भोजपुर । नेकपा एमाले भोजपुरले कोशी प्रदेश नामकरणको विषयलाई लिएर आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निशाना बनाएको भन्दै आपत्ति जनाएको छ ।
एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले शुक्रबार एक विज्ञप्ति निकाल्दै हालै इलाममा कोशीका सांसद एवं पूर्वमन्त्री राम राना मगरमाथि भएको आक्रमण र केही समयअघि झापामा केपी ओलीमाथि हमलाको प्रयास अराजक र अपराधिक भएको बताएका छन् ।
पछिल्लो समय पहिचानवादीको आवरणमा केही समूहले दलको शान्तिपूर्ण कार्यक्रममा अवरोध गर्ने र नेतामाथि आक्रमण गर्ने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ । नेता-कार्यकर्तामाथि भइरहेको आक्रम नरोके प्रतिवाद गर्ने अध्यक्ष राईले चेतावनी दिएका छन् ।
‘नेकपा (एमाले) का नेता तथा कार्याकर्ताहरू माथि भइरहेको श्रृंखलाबद्ध आक्रमण तत्काल नरोके त्यसको विरुद्ध डटेर प्रतिवाद गर्न नेकपा (एमाले) जिल्ला कमिटी भोजपुर तयार रहेको सम्बन्धित पक्षलाई जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
लोकतन्त्रमा शान्तिपूर्ण रूपमा आफ्नो फरक मत र विरोधका कार्यक्रम गर्न पाउने अधिकार सबैलाई भएपनि आक्रमण गैरकानूनी भएको भोजपुर एमालेले जनाएको छ ।
सत्ता गठबन्धनका लठैत हुन् कुनै पहिचानवादी होईनन । ज्ञानेन्द्रका पैसा, दिल्लीका पैसा र पश्चिमाका पैसाले उफ्रिएका हुन् । ती सबैको प्रमुख शत्रु एमाले हो किनकी एमाले तिनको दलाल बन्दैन । अरू त तिनका चाटुकार हुन् । तर गुण्डाहरू होशियार ! एमालेले शुरू गरेपछि फेरि लुक्ने दुलो पनि पाउने छैनौ ।