प्रत्येक महिना आयोजनाहरुको रिपोर्ट कार्ड बनाइने
नेपाल प्रेस
२०८० जेठ ५ गते १७:४८
काठमाडौं । सरकारले प्रत्यक्ष महिना ठूला आयोजनाहरुको उच्चस्तरमा समीक्षा गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेले मासिकरुपमा आयोजनाहरुको समीक्षा गरी रिपोर्ट कार्ड तयार गरिने बताए ।
नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री, सचिव र आयोजना प्रमुखहरुको उपस्थितिमा हरेक महिना बैठक बस्ने छ । यस्तो बैठकमा गरिने समीक्षाअनुसार रिपोर्ट कार्ड तयार गरिने पौडेलले जानकारी दिए ।
प्रतिक्रिया