उत्कृष्ट पत्रकारिता पुरस्कारलाई निरन्तरता दिइन्छ : कानूनमन्त्री जिसी – Nepal Press

उत्कृष्ट पत्रकारिता पुरस्कारलाई निरन्तरता दिइन्छ : कानूनमन्त्री जिसी

सुर्खेत । आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले यस आर्थिक वर्षमा आम सञ्चार विधेयकको ऐेन कानून बनाउने बताएका छन् ।

शुक्रबार सुर्खेतका सञ्चारकर्मीहरुसँग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रममा राय सुझाव संकलनमा मन्त्री जिसीले पुरानो कार्यक्रमलाई पनि निरन्तरता दिने बताए ।

नयाँ कार्यक्रमका विषयमा पनि केही छलफल गर्ने मन्त्री जिसीले भने, ‘मिडिया विकास कोष कस्तो खालको बनाउने यसका लागि पहिला ऐेन बनाउनु पर्नु पर्छ । यसको कार्यान्वयनका लागि आवश्यक पर्ने पूर्वाधारका बिषयमा आउने बर्षमा अगाडि बढाएर लैजाने छौं ।’,

मिडिया विकास कोषका लागि यस आर्थिक वर्षमा ठुलो बजेट राख्न नसकिएको मन्त्री जिसीको भनाइ छ । यस बर्षमा बजेटको सिमा कम भएपछि पछि स्रोत खोजेर अगाडि बढ्न सकिने बताए ।

उनले भने, ‘कर्णालीका पत्रकारका लागि उत्कृष्ट पत्रकारिता पुरस्कारलाई निरन्तरता दिने छौं । कल्याणकारी कोष वृद्धिमा निरन्तरता नै हुने छ ।’

गत वर्ष रोकिएको उत्कृष्ट पत्रकारिता पुरस्कार १५ गते गणतन्त्र दिवसको दिनमा पुरस्कृत गरिने मन्त्री जिसीले जानकारी दिए ।

कार्यक्रममा सञ्चारकर्मीहरुले प्रदेशका पत्रकारलाई प्रदेश सरकारले सौतेनी व्यवहार रुपमा हेर्दै आएको गुनासो गरे । प्रत्येक वर्षमा पत्रकारबाट राय सुझाव संकलन भएपनि पत्रकारका लागि नीति बनाइन्छ तर कार्यान्वयन नहुने उनीहरुको दुःखेसो थियो ।

कर्णाली पछाडि परेको सोच्ने शक्ति र चेतनाको कमीका कारण नै कर्णाली सबैभन्दा पछाडि गरेको भन्दै कर्णालीलाई चिनाउने मिडिया र पत्रकारले गरेको भएपनि पत्रकारको हित अधिकारका लागि प्रदेश सरकारले पत्रकारलाई हेलाका रुपमा हेर्दै आएको धारणा राखेका थिए ।

साथै, पत्रकाहरुको क्षमता वृद्धि तालिमका लागि प्रदेश सरकार सोच्नु पर्नेमा जोड दिएका थिए ।

पत्रकारको दुर्घटना विमाको व्यवस्था हुनुपर्ने र प्रदेश सरकारले सञ्चार नीति बनाउनु पर्नेमा भनाइ राखेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *