अढाई महिनापछि सुदूरपश्चिममा आज प्रदेश सभा बैठक बस्दै – Nepal Press

अढाई महिनापछि सुदूरपश्चिममा आज प्रदेश सभा बैठक बस्दै

कैलाली । सुदूरपश्चिम प्रदेश सभा बैठक आज दिउसो २ बजेका लागि आह्वान गरिएको छ । दिउँसो २ बजे बस्ने बैठकको कार्यसूची तयार गर्न ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ ।

आज करिब अढाई महिना पछि प्रदेश सभाको बैठक बस्न लागेको हो । यस अघि २१ फागुनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएको थियो ।

त्यसपछि आजसम्म अर्को बैठक बसेको थिएन ।

 


प्रतिक्रिया

One thought on “अढाई महिनापछि सुदूरपश्चिममा आज प्रदेश सभा बैठक बस्दै

  1. सरकार बनाउन३ महिना लगाउने लुटेराहरूले के काम गर्छन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर