प्रधानमन्त्री भन्छन्– भारत भ्रमणमा केही रेकर्ड बनाउने तयारी छ (भिडिओ)
नेपाल प्रेस
२०८० जेठ ६ गते १२:०५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट भविष्यमा गर्ने भारत भ्रमणमा केही रेकर्ड बनाउने घोषणा गरेका छन् । कस्तो रेकर्ड भन्ने चाहीँ उनले प्रष्ट्याएनन् ।
अखिल नेपाल ट्रेड युनियम महासंघको कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारले अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि नेपालको पक्षमा नयाँ पहलकदमी लिन जोड गरिरहेको बताए ।
उनले भने, ‘मेरो निकट भविष्यमा हुने भारत भ्रमणका क्रममा केही रेकर्डहरु बनाउन सकिन्छ भन्ने विश्वासका साथ तयारी भएको छ । मलाई लाग्छ, राष्ट्र र जनताका पक्षमा केही रेकर्डहरु बनाउने पूरै कोशिष मेरो छ ।’
प्रतिक्रिया
हिम्मत भए र रेकर्ड बनाउने भए १९५० को सन्धि फेर्न भारतलाई मनाउ । होईन भने भारतमा मोदीको गुलामी गर्न जाने त हो नि । मालिक म जे आदेश मान्न पनि तयार छु । प्रधानमनत्री चाहिँ खाईरहन पाउँ भन्ने त हो नि । अझ एमालेलाई म तह लगाउँछु । त्यसपछि त देशमा कोही पनि बाँकी हुदैन हजुरको आदेश नमान्ने भन्ने त होला नि । भारतीय दलालहरूले ।