सरकारलाई ओलीको व्यंग्य- भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भनेपछि जनताको समर्थन ह्वात्तै बढ्यो रे ! (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमले अहिलेको संकटमा रहेको अर्थतन्त्रलाई छुन नसकेको बताएका छन्।
सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै फाल्तु गफ धेरै भएको टिप्पणी गरे।
उनले भने, यो सरकार बनेपछि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता निम्ति यो सरकार बनेपछि रे। कुन सरकार बनेपछि पुस १० भनेको हो कि अस्तितिर हो। मन्त्रीको मात्रै हो कि प्रधानमन्त्रीको हेरफेर हो कि ? यो सरकार भन्या कुन सरकार रु भ्रष्टाचारीविरुद्ध उधुम गरे रे ! जनतामा आएको निराशा अन्त्य भयो रे ! जनता उत्साहित भए रे ! सरकारको समर्थन ह्वात्तै बढेका छन् रे ! मिटब्याज पीडितदेखि अरू मान्छेहरू कहिलेदेखि अनशनमा छन्। त्यतातिर ध्यान दिनुपर्छ कि पर्दैन ?
उनले आफू गृह जिल्ला झापा जाँदा भएको आक्रमणमा सरकार मूकदर्शक बनेको आरोप लगाए।
उनले भने, म जाँदा ढुंगा प्रहार हुँदा पनि सरकार मूकदर्शक हुन्छ। नजिकै आएर तथानाम भन्छन् यो कानुनीराज हो कि जंगली राजमा पनि यस्तो हुँदैन। जंगलीराज प्राकृतिक नियम अनुसार हुन्छ। यहाँ जथाभाबी भइरहेको छ।