प्रिमियर लिगको उपाधिमा म्यानचेस्टर सिटीको ह्याट्रिक
नेपाल प्रेस
२०८० जेठ ७ गते ६:५६
काठमाडौं । जारी सिजनको प्रिमियर लिग उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।
सिटीले तीन खेल अगावै जीत हासिल गरेर उपाधिमा ह्याट्रिकसमेत मारेको छ ।
शनिवार राती भएको खेलमा उपाधि दाबेदार आर्सनल नटिङ्घम फरेस्टसँग १–० ले पराजित भए पछि सिटी तीन खेल अगावै च्याम्पियन बन्न पुगेको हो । आर्सनलको पराजयले सिटीलाई लिगको उपाधिका ह्याट्रिक गर्ने अवसर जुटेको हो ।
लिग उपाधिमा ह्याट्रिक गर्ने सिटी म्यानचेस्टर युनाइटेडपछि दोस्रो क्लबसमेत बनेको छ ।
युनाइटेडले १९९८–२००१ र २००६–२००९ मा लगातार तीनपटक उपाधि जितेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर