नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी- सरकारले यथार्थ लुकाउन खोज्यो – Nepal Press

नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी- सरकारले यथार्थ लुकाउन खोज्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देश असामान्य अवस्थामा पुगेको यथार्थलाई लुकाउन खोजेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै दस्ताबेज नै विरोधाभास भएको बताए।

उनले भने, ‘अझ दुर्भाग्यपूर्ण त के छ भने देश असामान्य अवस्थामा पुगेको यथार्थलाई सरकारले लुकाउन खोजेको छ। लुकाउन मात्र हैन रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ। दस्ताबेज यति विरोधाभास छ, बुँदा नम्बर ५ भन्छ सब ठिकठाक छ, विश्वास बढेको छ, उत्साह आएको छ, अर्थतन्त्र सप्रेको छ, समाज ह्वात्तै अगाडि लम्केको छ, पाँचौँ गियरमा कुदेको छ। त्यसरी व्याख्या गरिएको छ ।’

चौधौँ नम्बरमा पुग्दा अर्थतन्त्र अप्ठेरोमा भएको भन्दै पाँचौँ नम्बरको कुरा चौधौँ नम्बरमा खण्डन गरिएको उल्लेख गरे।

उनले प्रश्न गर्दै भने, ‘सरकार बेखबर भएको हो कि ? आत्मरतिमा रमाएको हो कि ? देशको परिस्थिति बुझ्नै नसकेको हो की रु बुझेर त्यसलाई अनदेखा गर्न खोजेको हो कि ? आफूले बुझे पनि जनतालाई बुझाउन नखोजेको हो कि ? अलमलाउन खोजेको हो कि ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर