संसदमा ओलीको प्रस्ताव- कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गरौँ (भिडिओ)
‘सरकारले सबै प्रकारमा भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने पत्यार लागेको छैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि कालखण्डका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न साझा इच्छाशक्ति बनाउन प्रस्ताव गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उनले भने, ‘एक पटक इच्छाशक्ति देखाऔँ। यसलाई साझा इच्छाशक्ति बनाऔँ। भ्रष्टाचारी एक दिन कानुनी कारबाहीमा पर्छ भन्ने स्थापित गराऔँ।’
सरकारले सबै प्रकारमा भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने पत्यार नलागेको टिप्पणी गरे।
उनले भने, ‘भ्रष्टाचारको सबै विषयलाई कानुन दायरामा ल्याउनेछ। यस्ता वाक्यहरू छन् तर, सरकार आफै भ्रष्टाचार र विकृतिबीच दुबिधा र भ्रम सिर्जना गरेर भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धताबाट उम्किन खोजेको देखिन्छ।’