माओवादी नेतृत्वको सरकार यो नै अन्तिम हो: महासचिव पोखरेल
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी नेतृत्वको सरकार यो नै अन्तिम भएको बताएका छन् । प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘माओवादीलाई लागेको होला हाम्रो नेतृत्वमा सरकार छ । यसमै भविष्य भन्ने लागेको होला’ महासचिव पोखरेलले भने,‘माओवादीनेतृत्वमा बन्ने सरकार यो नै अन्तिम हो ।’
आगामी दिनमा माओवादी नेतृत्वमा सरकार नबन्ने उनले दाबी गरे ।
बामपन्थी आन्दोलनलाई अगाडि बनाउने हो भने राजनीतिक ध्रुवीकरण तर्फअगाडी बढ्न जरूरी भएको भन्दै उनले देश बनाउन समाजवादका पक्षधर र उदारतावादका पक्षधर ध्रुवीकृत हुनुपर्ने बताए ।
देश बनाउन बलियो राष्ट्रियशक्ति निमार्ण गर्नतर्फ देशका प्रमुख राजनीतिक लाग्नुपर्ने महासचिव पोखरेलको भनाई छ ।