नीति कार्यक्रममा चित्रबहादुरको प्रस्ताव- संघीयता खारेजदेखि कालापानीबाट भारतीय सेना हटाउनेसम्म समेटौं (भिडिओ)
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रमबाट संघीयता र संविधानको प्रभावकारी कार्यान्वयन भन्ने शब्द हटाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा उनले भने, ‘संविधानको प्रभावकारी कार्यान्वयन भन्ने शब्द हटाएर संघीयता खारेज गरेर संविधान कार्यान्वयन गर्ने बाक्य राख्नुपर्छ । संघीयता हुँदैन । संघीयताका विरुद्ध जनमत तयार भएर हामीले यो कुरालाई ल्याएको होइन। उतिबेलै हामीले भनिरहेका छौं । सबैको मनमा छ यो पाल्न सकिँदैन भन्ने ।’
उनले चीन, जापान, बेलायतलाई जस्ता ठूला मुलुकलाई नचाहिएको संघीयता नेपालमा आवश्यक नभएको बताए । यस्तै, उनले कालापानी छिमेकीले जबजस्ती कब्जा गरेर राखेको बिषयमा जोडदार रुपमा कुरा राख्न माग गरे ।
उनले भने, ‘त्यसबारे सरकारले जोडदार रुपमा पहल गरेको देखिँदैन। त्यसमा राख्नुपर्छ। कालापानीबाट भारतिय सेना हटाउने बुँदा थप गर्नुपर्छ ।’