दिलेन्द्र बडूको प्रश्न- आफ्नै देशको एकठाउँबाट अर्को ठाउँमा जाँदा कहिलेसम्म विदेशीको भूमिको प्रयोग गर्ने ? (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले दार्चुलाको तिंकरबाट सदरमुकाम आउँदाखेरि अहिले पनि भारतीय बाटोबाट आउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा बोल्दै उनले भने, ‘दार्चुलाको तिंकरबाट सदरमुकाम आउँदाखेरी अहिले पनि भारतीय बाटोबाट आउनुपर्ने हुन्छ । राष्ट्रिय स्वाभिमानसँग जोडिएका यस्ता बिषयहरुलाई निश्चित समय दिएर सम्पन्न गर्नुपर्छ । राष्ट्रिय गौरवको रुपमा राख्नुपर्छ ।’
अहिलेसम्म पनि सडकको अभावमा एक ठाउँबाट अर्को ठाउँमा जान समेत विदेशी भुमिको प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘दार्जुला तिंकर सडकजस्तो त्रिदेशिय व्यापार र रणनीतिक महत्वको सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा बनाएर चार बर्षमा सम्पन्न गर्नुपर्छ ।’
सडक नबन्दा अहिलेपनि तुइनमा वरदोर गर्नुपर्ने भएकाले त्यहाँ जोखिम रहेको बताए । उनले गतवर्ष मात्रै तुइनबाट खसेर बेपत्ता भएको घटनाको स्मरण गराए ।