एडिभिजन लिगः मनाङको लगातार ६ बराबरी, मच्छिन्द्र दोस्रोमा उक्लियो – Nepal Press

एडिभिजन लिगः मनाङको लगातार ६ बराबरी, मच्छिन्द्र दोस्रोमा उक्लियो

काठमाडौं । मनाङ मर्स्याङदी क्ल्बले जारि सहिद स्मारक ए डिभिजन लिगमा लगातार ६ खेल बाराबरी खेलेको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा १० खेलाडीमा सिमित एपीएफ क्ल्बसँग अग्रता जोगाउन नसक्ला मनाङले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

मनाङले खेलको १३औं मिनेटमा कोफी कुडोको गोलमा अग्रता लिएको थियो । त्यसको सात मिनेट नबित्दै एपीएफका नबिन लामाले बराबरी गोल फर्काए । सुमित श्रेष्ठले २६औं मिनेटमा गोल गर्दै मनाङको अग्रता २–१ बनाएका थिए ।

पहिलो हाफमा १ गोलको अग्रता लिएको मनाङ दोस्रो हाफमा सम्हालिन नसक्दा ६५औं मिनेटमा एपीएफका अर्मान्ड बियडुमले गोल गर्दै एपीएफलाई हारबाट जोेगाए ।

बराबरीसँगै मनाङ २० खेलमा २४ अंक जोड्दै आठौं स्थानमा छ भने एपीएफ २३ अंकसहित नवौं स्थानमा छ ।

यस्तै, च्यासल रंगशालामा भएको खेलमा न्यूरोड टिम (एनआरटी)लाई २-० गोलको नतिजामा पराजित गर्दै साविक बिजेता मछिन्द्र क्लब लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

मछिन्द्रको जितमा अफिज ओलावाले र सौरभ लिम्बुले एक एक गोल गरे । जिसँगै मछिन्द्रले २० खेलमा ३४ अंक जोडेको छ । जुन शिर्ष स्थानको चर्च ब्वाइज यूनाइटेडको भन्दा दुई अंक कम हो । चर्च ब्वाइजको १९ खेलमा ३६ अंक छ ।
पराजित एनआरटी २३ अंकसहित १०औं स्थानमा छ ।

दशरथ रंगशालामा भएको दोस्रो खेलमा जावलाखेल युथ क्ल्बले पनि संकटा क्लबसँग २–२ गोलको बराबरी खेल्दै हार टारेको छ । एक समय उपाधि दाबेदार टिमको रुपमा प्रस्तुत भएको जावलाखेलले लगातार अंक गुमाएसँगै तालिकाको तेस्रो स्थानमा पुगेको छ ।

अंकबाँडेको जावलाखेलका लागि एनकोटो मासुबी र समिराज ठोकरले गोल गर्दा, संकटाका आयुष घलान र चन्द्र कुमार दाशले गोल गरे ।

बराबरीसँगै जावलाखेलले २० खेलमा ३३ अंक जोडेको छ । भने, संकटा २३ अंक जोड्दै ११औं स्थानमा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *