भ्रष्टाचार छानबिनको नाममा पाखण्डको राजनीति भइरहेको छ : हेमराज भण्डारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्व नेता हेमराज भण्डारीले भ्रष्टाचार छानबिनका नाममा पाखण्ड मात्रै भइरहेको टिप्पणी गरेका छन् ।
धनकुटामा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी समेत दिएका भण्डारीले एकातिर सबै समयको भ्रष्टाचारको छानबिन गर्ने भन्ने अर्कोतिर भ्रष्टाचार मुद्दाको हदम्याद पाँच वर्षको हदम्याद गर्ने तयारी भएको भन्दै आक्रोश पोखेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एकातिर सस्तो लोकप्रियताको लागि सबै कालखण्डका भ्रष्टाचारको छानबिन र कारबाहीको भाषण गर्ने ! अर्कोतिर उनीहरू नै भ्रष्टाचार उजुरीमा ५ वर्षे हदम्यादको लागि कानून संशोधन गर्ने ? पाखण्डको राजनीति बन्द गर ।’