प्रेम सुवालको आशंका- जापानमा ‘राजवंशी’ कोटा खुल्यो भन्दै ठगी गर्नेमा मन्त्रीहरूकै संलग्नता हुनसक्छ (भिडिओ) – Nepal Press

प्रेम सुवालको आशंका- जापानमा ‘राजवंशी’ कोटा खुल्यो भन्दै ठगी गर्नेमा मन्त्रीहरूकै संलग्नता हुनसक्छ (भिडिओ)

भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको पनि बयान लिन माग

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले जापानमा ‘राजवंशी’ कोटा खुल्यो भन्दै चार सयजना भन्दा धेरैसँग तीन करोडभन्दा बढी ठगी गर्ने काममा मन्त्रीहरूकै संलग्नता भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘जापानमा राजवंशी कोटा खुल्यो भन्दै चार सयजना भन्दा धेरैसँग तीन करोडभन्दा बढी ठगि गर्ने काममा मन्त्रीहरूको संलग्नता नहोला र ?’
यस्तै, नक्कली भुटानी शणानार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको पनि बयान लिनुपर्ने माग गरे ।

उनले भने, ‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको काम कारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपप्रधानमन्त्रीसहित दुईजना प्रहरी अनुसन्धानमा छन् । पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाएर अनुसन्धानलाई पूर्ण बनाउनुपर्ने होइन र ? एक पूर्वप्रधानमन्त्रीले ४ सय जनालाई भुटानी शरणार्थी बनाएर अमेरिका छिराएको सार्वजनिक रूपमै बताएको कुरा सरकारलाई थाहा छ कि छैन ?’

उनले भारतले हिन्दू राज्यको पक्षमा बोल्न नेपालका सांसदहरूलाई पैसा पठाएको भनिएको अमेरिकी प्रतिवेदनबारे सरकारको धारणासमेत माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर