विदेशी वस्तु आयातमा कर वृद्धि तथा प्रतिबन्ध लगाउन माग
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/07/minister-of-finance.jpg)
काठमाडौं । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरी विदेशी वस्तु आयातमा कर वृद्धि तथा प्रतिबन्ध लगाउन माग भएको छ ।
एनसी एग्रो टेक इन्डस्ट्रिज प्रालिले अर्थ मन्त्रालयलाई पत्र लेख्दै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरी विदेशी वस्तु आयातमा कर वृद्धि तथा प्रतिबन्ध लगाउन माग गरेको हो ।
भन्सार छलेर आउने विदेशी वस्तुहरुसँग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न समस्या रहेको एनसी एग्रो टेकले बताएको छ । कम भन्सार मूल्यमा विदेशी वस्तु आयात हुँदा नेपाली उद्योगहरू मारमा परेको पत्रमा उल्लेख छ ।
‘नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुले चोरी पैठारी भएर आएका विदेशी वस्तुसँग बजारमा प्रतिस्पर्धा गर्दा उद्योगहरू नै बन्द हुने अवस्था आएको छ । स्थानीय स्रोतसाधन र स्वदेशी कच्चापदार्थमा आधारित नेपाली उद्योगलाई आत्मनिर्भर बनाउन भन्सार व्यवस्थापनलाई थप व्यवस्थित बनाइ भन्सारदर वृद्धि गर्न आवश्यक छ’, पत्रमा भनिएको छ, ‘तुथपिक, ससेज सिन्का, धूपको सिन्का, कोइला, विदेशबाट आउने च्याउ तथा क्यान मसरुम साथै कृषिजन्य फ्रोजन जस्ता तयारी वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउन आवश्यक छ । स्थानीय उद्योगहरुको प्रवर्द्धन गर्न बजेट तथा नीतिनियममा समेत समावेश गराइ दिनुहुन सादर अनुरोध गर्दछौं ।’