शेर्पासँग बराबरीपछि चर्च ब्वाइजले गुमायो शीर्ष स्थानमा अंक दूरी बढाउने मौका – Nepal Press

शेर्पासँग बराबरीपछि चर्च ब्वाइजले गुमायो शीर्ष स्थानमा अंक दूरी बढाउने मौका

काठमाडौं । नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले जारी सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा अंक दूरी बढाउने मौका गुमाएको छ ।

सोमबार च्यासल रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबसँग १-१ गोलको बराबरी भएसँगै चर्च ब्वाइज दोसो स्थानको मछिन्द्रसँग ३ अंकले मात्रै अगाडि छ ।

चर्च ब्वाइजले २० खेलमा ३७ अंक जोड्दा दोस्रो स्थानको मछिन्द्रको समान खेलमा ३४ अंक छ ।

खेलको १२औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर, ३५औं मिनेटमा अबायोमी फाकुन्लेले गोल गर्दै शेर्पालाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा दुवै टीमले गोलका अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा शेर्पा र चर्चले अंक बाँडे । शेर्पा २६ अंकसहित सातौं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर