राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने – Nepal Press

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

काठमाडौं । राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूमाथि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन्।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ।

जेठ ५ गते प्रस्तुत भएको नीति तथा कार्यक्रममा तीन दिन ७,८ र ९ गते राष्ट्रिय सभामा छलफल भएको थियो। यता प्रतिनिधि सभाको बैठकमा भने छलफल भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर