मधेश : नयाँ तीन मन्त्रीले लिए शपथ, जनमतका वसन्तको मन्त्रालय खोसियो – Nepal Press

मधेश : नयाँ तीन मन्त्रीले लिए शपथ, जनमतका वसन्तको मन्त्रालय खोसियो

जनकपुरधाम । मधेश मन्त्रिपरिषद् आज पुनः विस्तार गरिएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीले शपथ लिएका हुन् ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै वीरेन्द्रकुमार सिंह स्वास्थ्य मन्त्री र नेकपा एसको तर्फबाट संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनमत पार्टीका वसन्त कुशवाहले सम्हालेका थिए । तर, उनीबाट मन्त्रालय खोसेर नेकपा एसका न्यौपानेलाई दिइएको छ ।

जनकपुरधामस्थित मधेश भवनमा नवनियुक्त तीनैजना मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहरण गराए ।

मन्त्री थपिएकै दिन माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर