फेवातालको आसपासको सिमसार जोगाउन मुख्यमन्त्रीलाई ज्ञापनपत्र – Nepal Press

फेवातालको आसपासको सिमसार जोगाउन मुख्यमन्त्रीलाई ज्ञापनपत्र

पोखरा । फेवातालको आसपासको सिमसार जोगाउन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले माग गरेको छ ।

संस्थाका संस्थापक संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका तर्फबाट संयोजक नरेन्द्रमान लालचनले यस सम्बन्धमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष फेवातालको माथिल्लो तटीय क्षेत्रमा सिमसार क्षेत्र पुर्ने गतिविधि रोक्न ज्ञापनपत्र बुझाएका हुन् ।

तलमाथिको क्षेत्र पोखरा वडा १८, २२, २३ र २४ (सेदी, चङ्खपुर, पामे)का प्राकृतिक सम्पदाका रुपमा रहीआएका हरियाली डाँडा खारेर सिमसार क्षेत्र पुर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसमा सङ्लग्नलाई कारबाहीको मागसहित ज्ञापनपत्र बुझाइएको संयोजक रामबहादुर पौडेलले जानकारी दिए।

ज्ञापनपत्रमा विसं २०३१ सालसम्म तालको पानीको भू–भाग पामे नजिकैको चङ्खपुरसम्म फैलिएको स्मरण गराइएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साल वरिपरिको डाँडा खार्न रोकी सिमसार क्षेत्रको संरक्षणको विषयलाई तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर