प्रचण्डको दाबी- म जस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन – Nepal Press

प्रचण्डको दाबी- म जस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूजस्तो सत्तापक्ष र प्रतिपक्ष दुवैबाट समर्थन प्राप्त गरेको प्रधानमन्त्री सितिमिति नभेटिने दाबी गरेका छन् ।

राष्ट्रिय सभामा सरकारको नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारको न्यूनतम साझा कार्यक्रमको जगबाटै सरकारको नीति तथा कार्यक्रम आएको बताए ।

उनले भने, ‘यसको विरोध गर्ने सैद्धान्तिक र नैतिक धरातल म देख्दिनँ। यो सोचे विचारको हिजो सत्ता र प्रतिपक्षमा रहेका पनि, आज सत्ता र प्रतिपक्षमा रहेकाको पनि विचार धारणा र साझा न्यूनतम साझा कार्यक्रम समेटिएको छ । अघिल्लोपटक सत्तापक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ मचाहिँ । यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिँदैन, नेपालको इतिहासमा मौलिक भेटिएको छ। ९९.२५ प्रतिशतले समर्थन गरेको, प्रतिनिधि सभाको शत प्रतिशतले समर्थन गरेर बनेको प्रधानमन्त्री भेटिदैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *