बुटवलमा रोजगार मेला सुरु – Nepal Press

बुटवलमा रोजगार मेला सुरु

रुपन्देही । बुटवलमा रोजगार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य संघ रुपन्देही संयुक्त आयोजनामा मंगलवारबाट दुई दिने मेला शुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीका प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले नेपाली युवा कामको खोजीमा विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनु पर्ने बाध्यता रहेको बताए ।

कामको लागि बाहिर जाने प्रवृत्ति रोक्न र व्यवसायीले बाहिरबाट कामदार ल्याउनु पर्ने बाध्यता अन्त्य गर्न सरकारले तारतम्य मिलाउनु पर्ने बताए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वल प्रसाद कसजूले उद्योग सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव रहेको बताए ।

साथै पढेलेखेका युवाहरू कामको खोजीमा विदेशीने विषयलाई मध्यनजर गरेर दुवै पक्षको आवश्यकता पूर्ति गर्नका लागि मेलाको आयोजना गरिएको उनको भनाइ थियो ।

मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागिता छ । नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति विदेशिने गरेको तथ्यांक छ ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वल प्रसाद कसजूले उद्योग सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव रहेको बताए ।

साथै पढेलेखेका युवाहरू कामको खोजीमा विदेशीने विषयलाई मध्यनजर गरेर दुवै पक्षको आवश्यकता पूर्ति गर्नका लागि मेलाको आयोजना गरिएको उनको भनाइ थियो ।

मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागिता छ । नेपालबाट मासिक ८० देखि ९० हजार युवा जनशक्ति विदेशीने गरेको तथयांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *