चन्द्र भण्डारीसँग भेटघाटका लागि सभामुखको कार्यकक्षमा विशेष व्यवस्था (तस्बिरहरू)
काठमाडौं । नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सांसदहरूले भेट गरेका छन् ।
गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए ।
तीन महिनापछि संसदमा उपस्थित भएका भण्डारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर सभामुखको कार्यकक्षमा ओलीले भेट गरेका हुन् ।
भेटमा भण्डारीले भने, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ । गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो । थ्याङ्क यू सो मच ।’
ओलीसँगको भेटमा आफूले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएको स्मरण गरे ।
भण्डारीको कुरा सुनेपछि ओलीले भने, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो । निको भएर आएपछि भेट भयो । खुसी लागेको छ ।’
नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरू गर्न ध्यानाकर्षण गराए । संसदमा भण्डारीले आफ्नो कुरा राखेपछि सभामुखको कार्यकक्षमै सांसदहरुलाई भेटघाट व्यवस्था मिलाइएको थियो ।
सभामुख घिमिरेले एक साताअघि निवासमै गएर भण्डारीसँग भेट गरेका थिए । सभामुख देवराज घिमिरेले पनि भण्डारको इच्छाअनुसार नीति तथा कार्यक्रममाथि धारणा राख्न विशेष व्यवस्था मिलाएको भन्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।