नक्कली भुटानी शरणार्थी प्रकरण : ११५ पीडितमध्ये ९० जनाभन्दा बढीले नगदै बुझाएको विवरण पेश
नेपाल प्रेस
२०८० जेठ १० गते १६:५९
काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा ९० जनाभन्दा बढी पीडितले नगदै पैसा बुझाएको विवरण पेश गरिएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले तयार गरेको अभियोगपत्रमा समावेश भएका ११५ पीडितमध्ये करिब २० जनाले मात्र चेक, बैंक, आईएमई जस्ता माध्यमबाट गिरोहलाई पैसा बुझाएको उल्लेख छ ।
सरकारी वकिल कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ५० रुपैयाँको बिगो माग गरेको छ । जसमा १० जनाले पैसा कसरी बुझाएका थिए भन्ने केही उल्लेख छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर