शरणार्थी प्रकरणबारे योगेश भट्टराईको प्रश्न- कानूनभन्दा माथि को छ यो देशमा ? (भिडिओ) – Nepal Press

शरणार्थी प्रकरणबारे योगेश भट्टराईको प्रश्न- कानूनभन्दा माथि को छ यो देशमा ? (भिडिओ)

'छानबिन गर्न एमाले प्रतिवद्ध छ'

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि सहयोग गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।

सचिव भट्टराईले प्रहरी महानिरीक्षक बसन्त कुँवरको पनि नाम सो प्रकरणमा जोडिएको उल्लेख गर्दै छानबिनमा सहयोग गर्न आग्रह गरे ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै उनले सो प्रकरणमा छानविन गर्नुपर्ने अवस्था नभए पत्रकार सम्मेलन गरेर भएपनि प्रहरी महानिरीक्षक कुँवरले स्पष्ट पार्नुपर्ने बताए ।

सचिव भट्टराईले सो प्रकरणको छानविनलाई निष्पक्ष, पारदर्शी स्वतन्त्र ढंगले अघि बढाउन नेपाल सरकारलाई पनि सचेत गराए ।

‘हाम्रो पार्टीले नक्कली भुटाणी शरणार्थी केशमा निष्पक्ष, पारदर्शी र स्वतन्त्र ढंगले छानविन गर्न नेपाल सरकारलाई भनि सकेको छ । प्रधानमन्त्रीजीलाई भनेको छौं, गृहमन्त्रीजीलाई भनेका छौं । पुलिस प्रशासनलाई भनेका छौं । र, हाम्रो पार्टीको केन्द्रिय कमिटी बैठकले प्रस्ताव पास गरेर के भनेको छ भने हाम्रै पार्टीका पनि जोसुकै नेता परुन् । त्यसमा हामी छानविनका लागि सहयोग गर्न तयार छौं भनेर भनेका छौं’, उनले भने, ‘हाम्रो पार्टीसँग जोडिएका हुन, हाम्रो पार्टीका नेताहरुसँग जोडिएका हुन । जोसुकै भएपनि यदि प्रहरीलाई उनीहरुलाई छानविनको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकाल्यो भने उनीहरुले गएर प्रहरीलाई छानविनका लागि सहयोग गर्नु पर्छ । तपाईलाई यति भन्छु–यदि मेरो नाम कसैले लिएका छन । र, त्यसमा मेरो संलग्नता छ कसैले भन्यो भने मलाईं प्रहरीले बोलाउनु पर्र्दैन ।’

उनले आफैं पनि बयान दिन जाने तयार रहने मान्छे भएको बताए ।

‘म आफैं प्रहरीकोमा बयान दिन जान्छु । म त्यो मान्छे हो । र, हाम्रो पार्टी त्यो हो । त्यसमा हामी पछाडि हटदैनौं । अध्यक्षका स्वकीय सचिव हुन कि मेरो स्वकीय सचिव हुन कि । म नै भएपनि, मलाई कसैले पोल्छ भने प्रहरीले मलाई सूचना गरिदिए हुन्छ । तपाईको नाम आएको छ, के गरौं भन्यो भने म थपक्क गएर बयान दिएर आउँछु’, उनले भने, ‘किनभने म नागरिक हो । नागरिक चाँही कानुनभन्दा माथि कोही पनि हुँदैन । कानुनभन्दा माथि हुने शासन त हामीले २०४७ सालमा फाली सकेको हो नि । त्यसपछि राजा ज्ञानेन्द्रले एक पटक कानुनभन्दा माथि हुन खोजेका थिए । उनलाई कानुनभन्दा माथि मान्दैनौ भनेर नारायणहिटीबाट नागार्जुन पठाएको होइनौ त ? कानून भन्दामाथि को छ यो देशमा । कोही पनि छैन । त्यसकारण सबैमाथि छानविन हुन्छ । हुनु पर्छ । एमालेले पूरा साथ दिन्छ । ढुक्क भए हुन्छ । प्रहरीले बोलायो भने भाग्ने होइन । कोही पनि भाग्नु हुँदैन । त्यहाँ गएर बयान दिने, आफ्नो संलग्नता छैन भने प्रष्ट कुरा भन्नु पर्छ । अव अहिले त नेपाल प्रहरीको आईजीपीकै नाम आएको छ । आईजीपी सावले पनि आएर बयान दिनु पर्छ । म त भन्छु–बसन्त कुँवरजीलाई । यदि तपाईको संलग्नता छैन भने तपाईमाथि उठेका प्रश्न क्लिएर गर्नुस् । त्यहाँ बयान दिन जान पर्ने अवस्था छैन भने पत्रकार सम्मेलन गरेर तपाईले प्रष्ट पार्नुस् ।’

सचिव भट्टराईले सो प्रकरणको छानविनमा नेपाल प्रहरीमाथि हस्तक्षेप गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर