सोमनाथ खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध – Nepal Press

सोमनाथ खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रुपन्देही । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका- १ स्थित सोमनाथ खोला नजिकैको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ ।

बुटवल नारायणगढ सडक विस्तारको क्रममा बनाइएको डाइभर्सन वर्षाले बगाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी भोजराज पाण्डेले बताए ।

राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट पश्चिम आउने र पश्चिमबाट पूर्व जाने सयौं सवारीसाधन अलपत्र परेका छन् ।

वर्षाको कारण डाइभर्सन मर्मतमा समस्या भएको छ । सोमनाथ खोलामा पानीको बहाब नघटेकाले मर्मतमा समस्या भएको र पानीको बहाब घटेपछि मात्र मर्मतको काम हुने प्रहरीले बताएको छ ।

डाइभर्सन बगाएपछि पूर्वबाट आउने सवारीलाई भुमहीबाट भैरहवा र पश्चिमबाट आउनेलाई सुनवल हुँदै परासीतर्फ डाइभर्ट गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *