मुख्यमन्त्री यादवकाे दाबी- अब सरकारी गाडी दुरुपयोग हुँदैन, तीन दिनभित्र सबै फिर्ता ल्याउँछौं – Nepal Press

मुख्यमन्त्री यादवकाे दाबी- अब सरकारी गाडी दुरुपयोग हुँदैन, तीन दिनभित्र सबै फिर्ता ल्याउँछौं

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सरकारी गाडी दुरुपयोग रोक्ने र कमिशनको खेल हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

कमिशन दिने पालिकालाई मात्र सशर्त बजेट पठाएको र सरकारी गाडीको दुरुपयोग बढेको भन्दै नेकपा एमालेका सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गर्दै मुख्यमन्त्री यादवसँग जवाफ मागेका थिए ।

जवाफ दिने क्रममा मुख्यमन्त्री यादवले सरकारीको गाडी दुरुपयोग रोक्ने र कमिशनको आधारमा बजेट पठाउने काम नहुने प्रतिवद्धता जनाए ।

उनले भने, ‘मन्त्रालयहरुको सरकारी गाडी जहाँ छ, सबै ठाउँबाट तीन दिनभित्र फिर्ता ल्याउँछौं । अब सरकारी गाडी दुरुपयोग हुन दिन्नँ ।’

मुख्यमन्त्री यादवले सशर्त बजेट सम्बन्धी कार्यविधिमा रहेको जटिलता संशोधन गरी हटाउने र माननीय ज्यूहरुको समन्वयमा स्थानीय तहमा बजेट पठाउने बताए । उनले विगतमा समन्व्य नभएको स्वीकार गर्दै अब नीति तथा कार्यक्रम र बजेट सबै सांसदहरूसँग सहकार्य र समन्वय गरी ल्याउने प्रतिवद्धता पनि जनाए ।

नेकपा एमालेका सांसदहरुले १० प्रतिशतसम्म कमिशन दिएको पालिकालाई मात्र सशर्त बजेट पठाएको आरोप लगाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर