एमालेको अवरोधपछि रोकिएको संसद बैठक भोलि ४ बजेसम्मका लागि स्थगित – Nepal Press

एमालेको अवरोधपछि रोकिएको संसद बैठक भोलि ४ बजेसम्मका लागि स्थगित

काठमाडौं । एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक आज फेरि सुरु हुन नसकेरै भोलि अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची थियो ।

तर, १० पुसमा नीति था कार्यक्रममाथि छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा अनियमितता भएको बताएको विषयमा आपत्ति जनाउँदै नेकपा एमालेले संसद बैठक अवरोध गरेको हो ।

आज दिनभर दलहरूबीच बैठक सञ्चालनका लागि छलफल भए पनि सहमति हुन नसकेपछि भोलि ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर