रेशम चौधरीको रिहाइ गर्न र नागरिकता विधयेक प्रमाणीकरणका लागि किन्तु परन्तु नगरौंः बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइ हुनु पर्नेमा जोड गरेका छन् ।
पूर्व सांसदसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाईका बारेमा बिबाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो । उनले नागरिकता बिद्येयक पनि प्रमाणिकरण हुनु पर्नेमा जोड गरेका छन् ।
‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधानरकानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौं,’ भट्टराईले भनेका छन, ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं।’
रेशमले हत्या गरेको दिल्लीको निर्देशनमा हो । माओवादीको जनयुद्व दिल्लीको निर्देशनमा हो । मूल नेतृत्व उताबाट परिचालित थियो । कतिपय ईमान्दारपूर्वक लागेका पनि थिए। तर तिनलाई के थाहा थिएन भने प्रचण्ड, बाबुराम दिल्लीबाट चलेका थिए र अहिले पनि हुन् । नागरिकता विधेयक भारतीयलाई नागरिकता सजिलै दिने गरी ल्याईएको छ । यो पनि भारतको निर्देशनमा आएको हो ।बारम्बार कट अफ मिति ( त्यो मितिसम्म नेपालमा केही समय बसोबास गरेकोलाई नागरिकता दिने व्यवस्था ) परिवर्तन गरेर लाखौं भारतीयलाई नागरिकता बाँडिएको छ जबकि भारतले सन् १९४७ पछि कट अफ मिति परिवर्तन गरेकै छैन । नेपालमा रोजगारीका सबै अवसर समाप्त पारेर मूल नेपालीलाई विदेशिन बाध्य पारिएको छ ।यो गम्भीर विषय छ । अब नेपाली नेपालमा अल्पमतमा पर्न थालिसके । असन, ईन्द्रचोक, ज्ञानेश्वर, डिल्लिवजारजस्ता मूल ठाउँहरू भारतीयले कब्जा गरिसके । प्रचण्डले दिल्ली गएर क्या बात भनेर मोदीको धाप खान नागरिकता विधेयक पास गर्न लागेका हुन् ।रामचन्द्रको काम हेर्नुछ अब । मोदीले नागरिकता विधेयक पास गर्न र नेपालका धेरै भन्दा धेरै विद्युत आयोजना भारतलाई दिनेगरी मात्र दिल्ली आउनु भनेका छन् । नेपालले मागेका हवाई रूट, १९५० को सन्धी संशोधन, वंगलादेशसँग विजुली लान छुट्टै लाईनको कुनै माग पूरा हुने छैन । ती माग हुन्छ मात्र भनेर टार्छ दिल्लीले । दलालहरू हुन्छ भनेपछि मख्ख। दिल्लीका एजेण्टसरहका लाई आफ्नो माग पूरा गर्नु छैन ।केवल जनतालाई देखाउन मात्र माग राखिदिने हो । उसको सेवा गरेर उसलाई खुशी पार्न मात्र दहाल जादैछन् । बाबुराम सेकेण्ड प्रचण्ड हुन् दिल्लीको सेवा गर्ने मामिलामा ।