लुम्बिनीमा आज प्रदेश विनियोजन विधेयक पेश हुने – Nepal Press

लुम्बिनीमा आज प्रदेश विनियोजन विधेयक पेश हुने

रुपन्देही । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ ।

आजको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष ०८०/८१ को ‘प्रदेश विनियोजन विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसै गरी २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

यसैगरी, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची छ।

शुक्रवारदेखि सुरु भएको प्रदेश सभाको दोस्रो अधिवेशनमा पहिलो दिन विभिन्न दलका नेताहरूले आफ्नो धारणा राख्दै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमुखी बनाउन सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर