गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त – Nepal Press

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त

काठमाडौं । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महर्जनलाई सम्पादक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

कीर्तिपुर ७ काठमाडौं स्थायी घर भएका महर्जन २ वर्षका लागि नियुक्त भएका हुन । प्रेस सेन्टर नेपालका उपाध्यक्ष रहेका उनले पत्रकारिता क्षेत्रमा २४ वर्ष बिताइसकेका छन् । महर्जनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *